Friday, January 19, 2018

तपाई के खानुहुन्छ पिसावबाटै थाहा हुन्छ

अब एक नयाँ तरिकाबाट पिसाव
को जाँच गरे पछि तपाई के खानु हुन्छ र त्यो कति स्वस्थ्य थियो भन्ने पत्ता लाग्ने भएको छ।

बेलायती वैज्ञानिकहरुको टोलीले यस्तो युरिन टेस्टको विकास गरेको हो। खानपानमा देखिने उच्च पोषण र कम पोषणको समस्यालाई समाधान गर्न यो विधि सहायकसिद्ध हुने वैज्ञानिकहरुले विश्वास लिएका छन्। कुनै व्याक्तिको वजक कम गर्ने पर्ने हो या होइन भन्ने पनि यसैबाट थाहा हुने छ।

युवालाई लोभ्याउँदै डेटिङ एप्स

शुष्मा बराली

कोटेश्वरकी आरजु शर्मा (नाम परिवर्तन) विद्यार्थी हुन् । उनी सात महिनायता टिन्डर डेटिङ एप्स प्रयोग गर्दै आएकी छिन् ।
एप्सबारे बहिनीले जानकारी दिएपछि प्रयोग गर्न थालेको उनी बताउँछिन् । मनपर्ने मान्छे खोज्न सकिने जानकारी पाएपछि एप्स प्रयोग गर्न थालेको उनले बताइन् ।

जोडी खोज्न चाहने युवा एप्सप्रति आकर्षित भएका छन् । २०१४ मा सार्वजनिक भएको यो एप्स सुरुमा अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, इटाली, मेक्सिको, फिलिपिन्स र स्विडेनमा मात्र प्रयोग गर्न मिल्थ्यो, अहिले विश्वभर यसका प्रयोगकर्ता छन् ।

ओपोको मूल्य समायोजन



काठमाडौं– ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दुवै भेरियन्ट (३ जिबी तथा ४ जिबी) र ए७१को मूल्य समायोजन गरिएको छ । नयाँ वर्षको कोसेली स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ ।

सेप्टेम्बर २०१६ मा सार्वजनिक गरिएको ओपो एफवानएस नेपालमै कम्पनीको पहिलो फ्ल्यागसिप मोडल हो । डुअल सेल्फी क्यामेरा (एउटा सेल्फी र अर्को सामूहिक सेल्फीका लागि) सहितको एफथ्री मे २०१७ मा सार्वजनिक गरिएको हो । नेपाली स्मार्टफोन बजारमा बेस्ट सेलरमध्ये रहेको दाबी गरिएका दुवै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रवर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्तामाझ लोकप्रिय रहेका कम्पनीको दाबी छ ।

Wednesday, January 17, 2018

केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर

नयाँ दिल्ली: न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ।

जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन फेसबुकले युजरका साथीको कन्टेन्टलाई धेरै ध्यान केन्द्रित हुने गरी परिवर्तन गरेको थियो ।

फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान यसअघि नै गरिएको थियो । जुन कुराको पहिलो प्रमाण उसको स्टकमा देखियो । शुक्रवार अमेरिकी पुँजी बजार खुल्लासाथै फेसबुकको स्टकमा लगभग ६ प्रतिशतको गिरवाट देखियो । तर केही समयपछि सुधार हुँदै स्टक लगभग ४.५० प्रतिशत झरेर १७९.३० डलरमा बन्द भयो ।

इन्टरनेटको लत डिप्रेसनभन्दा खतरनाक...


पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ।

यस्ता लतीहरुलाई उपचार गर्दा दिइने विद्युतीय सकका कारण केहीलाई त लामो समयसम्म मानसिक विक्षिप्तता रहिरहने देखिएको छ । यसअघि इन्टरनेट लतसम्बन्धी चीनमा नयाँ कानुन बनाइएको थियो । कानुनको धेरैले स्वागत गरेका थिए । यसको मूल कारण चाहिँ युवापुस्तामाझ बढ्दो लतबाट आजित अभिभावक नै थिए ।

तर उपचारबाट फर्किएकाहरुमा घुलमिल नहुने, कुराकानी नगर्ने, घरबाट बाहिर ननिस्कनेजस्ता समस्या देखिएका छन् । अस्पताल र चिकित्सक भन्ने शब्द सुन्नेबित्तिकै उनीहरुमा छटपटी सुरु हुनेसमेत केहीले बताएका छन् ।

चिनियाँ परम्परामा घरको मामिलामा प्रायः बाहिरी चासोलाई उचित मानिदैन । यस्तो अवस्थामा घरमा सन्तानमाथि अभिभावकले कतिपय अवस्थामा अन्याय गरे पनि प्रहरीले कुनै पनि किसिमको चियो गर्न पाउँदैन । यस्तो अवस्थामा प्रहरी–प्रशासनबाटै कतिपय कुराहरु मिलाउनुको साटो वा डर देखाउनुभन्दा अभिभावकले सिधै थेरोपी थलोमा पु¥याउने गरेका छन् । तर थेरापी थलोमा जुन किसिमले उपचार गरिन्छ, उपचारको शैली र उपायबारे भने लामो समयदेखि चासो व्यक्त गरिँदै आएको छ ।

इन्टरनेटको लत कसरी छुटाउने र दिनमा कति घण्टा इन्टरनेटमा बस्दा चाहिँ लत हुँदैन भन्नेबारे कानुन बनाउन चासो जागेको भए पनि कति समयावधिलाई लत मान्ने भन्नेबारे अझै एक मत हुन सकेका छैनन्। कतिपय इन्टरनेट गेम उत्पादक कम्पनीले आफ्नो गेम खेल्नलाई निश्चित उमेर पार गरेको हुनुपर्ने, वास्तविक नाउँमा मात्र गेम खेल्न पाइने, निश्चित समयावधिपछि गेम आफैँ बन्द हुने वा निश्चित लेभलसम्म मात्र खेल्न पाइने जस्ता नियम लागू गराएका छन् ।

कानुनी रुपमा कति घण्टा मात्र इन्टरनेट गेम खेल्न पाइने भन्नेबारे कानुन बनिसकेको छैन तर मध्यरातदेखि बिहान ८ बजेसम्म यस्ता गेम खेल्न नपाइने भनी प्रतिबन्ध नै लगाइएको छ । यस्तो नियमविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

चीन मात्र होइन, हालै नयाँ दिल्लीमा एक युवकलाई इन्टरनेट गेमको लत लागेको र त्यसलाई हटाउन अस्पताल नै भर्ती गराइएको इन्डियन एक्सप्रेसले जनाएको छ । दैनिक आठ घण्टा गेम खेल्ने र १२ घण्टासम्म तन्किन थालेपछि ती युवकको सोच, सुतने समय र परिवारसँग कुराकानी नै प्रभावित बन्न पुगेको थियो । उनी ९ कक्षाका विद्यार्थी रहेको बताइन्छ । तिनलाई कस्तो उपचार गरिँदैछ भन्नेबारे भने जानकारी दिइएको छैन ।

नयाँ दिल्लीको सबैभन्दा ठूलो सरकारी अस्पताल एम्समा इन्टरनेटको लतीहरुलाईलाई विशेष मनोरोग सम्बन्धी ओपिडी सुरु गरिएको छ । यसमा सोसल मिडिया, अनलाइन गेम र इन्टरनेटको लत लाग्नेहरुलाई उपचार गरिन्छ ।

चिकित्सकहरुका अनुसार विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई इन्टरनेटका माध्यमबाट विविध किसिमका मनोरोगका समस्या झेलिरहेकाहरुको उपचार गर्ने गरिन्छ ।

एम्सका बिहेभियरियल एडिक्सन क्लिनिकका प्रमुख डा. यतनपाल सिंह बलहाराले टाइम्स अफ इन्डियालाई बताएअनुसार इन्टरनेटका लतीहरुलाई डिप्रेसन, चिन्ता, लागू औषधको कुलतजस्ता समस्याजस्तै उपचार गर्ने गरिन्छ ।

विभिन्न समाचार स्रोत

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

रुकुम – रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। 

स्वास्थ्य संस्थामा आएर सुरक्षितरुपमा सुत्केरी गराउने उद्देश्यले घरबाट आउन र फर्कनका लागि गर्भवती महिला निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए। 

त्यसका लागि नगरपालिका आफैँले दुई वटा एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाएको छ, उनले भने– “यातायात सेवाको अभावमा धेरै महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन सकेको छैन्।” सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन नसक्दा महिलामा विभिन्नखालका स्वास्थ्य समस्या देखिएकाले सुरक्षित मातृत्व सेवाका लागि निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख केसीले बताए।

यस्ता छन् महका फाइदा

काठमाडौँ — मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो( मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । 


मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन ।
मौरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।

मन्त्रिपरिषद बैठकमा 'लन्च ब्रेक'


काठमाडौँ – प्रदेश प्रमुख र  अस्थायी राजधानी तोक्न बुधबार बिहान बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएकोे छ ।

कानुनमन्त्री यज्ञ बहादुर थापाका अनुसार बिहानैदेखि बैठक बसेकाले अहिले ‘लन्च ब्रेक’ भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै दिउँसो तीन बजेसम्मका लागि सारिएको भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरले बताए।
उनले भने, “राजनीतिक दलहरुसँग सहमती गरेर आज नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने छ ।”

‘शेरबहादुर हलिउडबाट प्रभावित’

काठमाडौं – फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको विषयमा निर्माण समूहले कोही नबोलिरहँदा मंगलबार उनीहरूले सञ्चारकर्मी सामू फिल्म हलिउडबाट प्रभावित भएको स्वीकारे ।
फिल्ममा शीर्ष भूमिकामा देखिएका अभिनेता सुनिल थापाले फिल्म हलिउडबाट प्रभावित भएको खुलाए । ‘फिल्मको स्क्रिप्ट पढ्दा खेरी नै यो हलिउडबाट प्रभावित भएको भन्ने थाहा पायौं । त्यसकारणले फिल्म हलिउडबाट प्रभावित भएको भन्नमा कञ्जुस्याइँ गर्दिन,’ उनले भने, ‘हलिउडबाट प्रभावित भए पनि फिल्ममा दर्शकले नेपाली मौलिकता प्रशस्त पाउँछन् ।’

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

कल्पना पौडेल

काठमाडौँ (रासस)- पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन्।

अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो।

पछिल्लो पाँच वर्षमा विदेशिने नर्सको संख्या उच्च रहेपछि २०७१ पुसदेखि नर्सिङ विभागले व्यवस्थितरूपले रेकर्ड राख्न थालेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार २०७१ पुसदेखि चैतसम्म २२ जना, २०७२ मा ५७ जना, २०७३ मा ६९ जना, २०७४ पुससम्म ४५ जना नर्स बाहिरिएका छन् । झण्डै ५० जनाभन्दा बढी नर्स बाहिरिने प्रक्रियामा छन्।

यसरी राजीनामा दिएकामध्ये केही नर्स स्थायी दरबन्दीमा नाम निकालेर बाहिरिएका भए पनि अधिकांश विदेश नै पलायन भएको शिक्षण अस्पतालका नर्सिङ बिभागका निर्देशक कोपिला श्रेष्ठले बताइन्।

उनले भनिन्, “नेपालका नर्सका लागि पहिलो गन्तव्य विदेश नै हो अनि दोस्रो महाराजगञ्जको शिक्षण अस्पताल हो तर नेपालमा पेशागत सुरक्षा, सम्मान र सुनिश्चित भविष्य नदेखेका कारण नर्सहरु पलायन हुने क्रम बढिरहेको छ।”

अन्य अस्पतालमा भन्दा बढी नर्सिङ कर्मचारी भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकजना नर्सले हेरबिचार गर्नुपर्ने मापदण्डभन्दा धेरै बिरामी हेर्नुपर्ने बाध्यता भने शिक्षण अस्पतालमा अझै कायम छ ।

निर्देशक श्रेष्ठले हरेक महिना स्थायी र करारमा राखिएका नर्सले राजीनामा दिने क्रमले अस्पतालमा नर्स कर्मचारी व्यवस्थापन गर्न निकै समस्या भएको बताइन्।

अस्पतालका प्रशासन प्रमुख गोविन्दबहादुर प्रधानले नर्सको पलायन हुने क्रम बढ्न थालेपछि हरेक छ महिनामा करारमा नर्स राख्नुपर्ने बाध्यता भएको बताए।

“देशमा नर्सका लागि अपेक्षाअनुरुपको व्यवस्था हुन नसकेपछि विदेश जानेक्रम बढ्दो छ, नर्सलाई प्रशासनिक जिम्मेवारी, उचित पारिश्रमिक, पेशागत सम्मान सुरक्षा आवश्यक छ”, उनले जोड दिए।

उक्त अस्पतालका योजना तथा निर्माण विभाग प्रमुख दीपक तिवारीले अहिले पनि सरकारले यहाँ स्थायी दरबन्दीको कोटा नथपेसम्म यस्तो समस्या आइरहने बताए।

उनले भने, “यहाँ अन्य अस्पतालको भन्दा राम्रो सेवा सुविधा छ, नेपाल सरकारले तोकेको सेवा सुविधामा पनि अतिरिक्त १० प्रतिशत तलब थपेर दिइन्छ, हामीलाई नर्स र प्राविधिकको थप ५०० दरबन्दी आवश्यक छ भनेर माग गरिरहेका छौँ ।”

तीन सय १७ जना स्थायी दरबन्दीमा र २८३ जना करारमा नर्स कर्मचारी छन् । अस्पतालले विस्तार गर्दै लगेको सेवाअनुसार थप दरबन्दी आवश्यक छ।

अहिले विभिन्न ११ बुँदे माग राखी देशभरका नर्स आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै महाशाखालगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघ गत पुस २७ गतेदेखि देशव्यापीरूपमा चरणबद्ध आन्दोलनमा छ ।

सरकारले जायज मागको अविलम्ब सम्बोधन गरी नर्सको पेशागत सुरक्षा र उचित व्यवस्थापन गर्नुपर्नेमा निर्देशक श्रेष्ठको जोड छ।

माग पूरा नभएको भन्दै नर्सले यही माघ १ देखि ३ गतेसम्म दिनको तीन घण्टा काम छाडेर विरोध जनाउँदै आएका छन् । संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले माग पूरा नभए माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेसम्मको सिफ्टमै काममा नजाने बताइन्।

उनले भनिन्, “अझै माग पूरा नभए माघ ७ गतेदेखि २४सै घण्टा नै काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौँ ।” आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघसंस्थाको समर्थन रहेको कार्यबाहक अध्यक्ष थापाको भनाइ छ ।

गत पुस २६ र २७ गते कालोपट्टि बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए ।

जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा भएको नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने माग संघले अघि सारेको छ ।

श्रम ऐन, २०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग पनि संघले अगाडि सारेको छ।

बिबी एयरवेजले किन्यो निगमको बोइङ ७५७

काठमाडाै - सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको तीन दशक पुरानो एकथान ठूलो बोइङ जहाज खरिद गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब दुई वर्षदेखि ‘ग्राउन्डेड’ निगमको ‘बि७५७–२००’ सिरिजको उक्त जहाजका लागि बिबी एयरवेजले १४ लाख ६० हजार अमेरिकी डलर (१४ करोड ७४ लाख ६० हजार रुपैयाँ) मा खरिद गरेको हो । बिबीले गत असोज अन्तिम साता यो जहाजका लागि निगमलाई बैनावापत कूल मूल्यको १० प्रतिशत अर्थात एक करोड ५१ लाख ८० हजार रुपैयाँ बुझाएको थियो ।

रुप्से र अन्धगल्छीमा थ्रिजी सेवा

बागलुङ – साविकको धौलागिरीमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिएको छ। नयाँ ठाउँमा सेवा विस्तारसंगै सेवालाई गुणस्तरीय बनाउन लागेको टेलिकमले जनाएको छ। टेलिकमको धौलागिरी शाखाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ।
सात महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल सेवा विस्तार गरेको थियो। उक्त टावरबाट गाउँपालिकाको वडा नं ३ र ४ का झण्डै छ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी शाखा प्रमुख केशव शर्माले बताए। ‘हामीले अहिले सेवा विस्तारसंगै गुणस्तरीय सेवालाई प्राथमकिता दिएर काम गरिरहेका छौं,’ शर्माले भने, ‘टूजी भएका ठाउँहरुमा थ्रीजी सेवा सञ्चालनमा ल्याएका छौं।’

सेनाको डिपिआरमा काठमाडौं–तराईं मधेस द्रुत मार्ग

काठमाडौं– कहिले विदेशी त कहिले स्वदेशी ठेकेदार कम्पनीले निर्माण गर्ने भन्ने अन्योलमा रहँदै आएको काठमाडौं–तराईं–मधेस द्रुतमार्गको (फास्ट ट्रयाक) सुरुदेखि अन्तिमसम्मको निर्माण कार्य नेपाली सेनाले नै गर्ने भएको छ। 
सरकारले गत वैशाखमा नेपाली सेनालाई निर्माणको जिम्मा दिएको दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) पनि सेनाले नै तयार गर्ने निर्णय गरेको छ । यसअघि द्रुतमार्ग निर्माणमा भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर प्रयोग गरिने प्रयास भइरहेको थियो । जुन प्रतिवेदनलाई करिब ५६ करोड रुपैयाँमा बिक्री गर्ने भारतीय कम्पनीको कसरत थियो । सेनाले भने द्रुत मार्गको नयाँ डिपिआर तयार गर्न करिब २० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। 

यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले  द्रुत मार्गको डिपिआर सेनालाई करिब ५६ करोड रुपैयाँमा बिक्री गर्न खोजेको थियो 
द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले माग गरेको डिपिआरको मूल्य अत्यधिक भएकाले सेनाले आफैँ तयार गर्ने निर्णय गरेको मंगलबार दु्रतमार्ग  निर्माण आयोजनाका उपप्रमुख तथा सेनाका सहायक रथी सूर्यप्रसाद खनालले जानकारी दिए । दु्रतमार्ग निर्माणको जिम्मा पाएको सेनाले नै डिपिआर तयार गर्ने निर्णय गरेपछि निर्माण कार्यमा अझै सहजता हुने अपेक्षा गरिएको छ  । जसले निर्माण कार्य गर्ने हो उसैले डिपिआर तयार पार्दा आयोजनाका सबल र दुर्बल पक्ष थाहा हुने भएकाले काम समयमै सक्न सहज हुने अपेक्षा गरिएको हो। 
सरकारले चार वर्षभित्र दु्रतमार्ग सम्पन्न गर्ने लक्ष्य लिएको  छ । सोही लक्ष्य अनुसार सेनाले कामलाई तीव्रता दिने बताइएको छ । काठमाडौंलाई तराईं–मधेससँग जोड्न सरकारले सन् १९७४ देखि नै दु्रतमार्ग निर्माण गर्ने योजना बनाएको थियो । तर, दु्रतमार्ग कसले बनाउने भन्नेबारे पटकपटक विवाद हुँदा निर्माण कार्य अघि बढ्न सकेको थिएन । निर्माणको जिम्मा विदेशी या स्वदेशी मध्ये कुन कम्पनीलाई दिने भन्नेमा राजनीतिक दल र सरकार विभाजित हुँदै आएका थिए । कसले बनाउने भन्ने अन्योलबीच आयोजना करिब चार दशक गुज्रिएको थियो । जसले गर्दा सर्वसाधारण निराश हुँदै आइरहेका थिए।