Wednesday, January 17, 2018

केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर

नयाँ दिल्ली: न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ।

जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन फेसबुकले युजरका साथीको कन्टेन्टलाई धेरै ध्यान केन्द्रित हुने गरी परिवर्तन गरेको थियो ।

फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान यसअघि नै गरिएको थियो । जुन कुराको पहिलो प्रमाण उसको स्टकमा देखियो । शुक्रवार अमेरिकी पुँजी बजार खुल्लासाथै फेसबुकको स्टकमा लगभग ६ प्रतिशतको गिरवाट देखियो । तर केही समयपछि सुधार हुँदै स्टक लगभग ४.५० प्रतिशत झरेर १७९.३० डलरमा बन्द भयो ।

स्टकमा गिरावटपछि फेसबुकको मार्केट क्याप लगभग २.६१ लाख करोड रुपैयाँ (२५अर्ब डलर) घटेर ५४.२० लाख करोड रुपैयाँ (५२१.२१ अर्ब डलर) रहन पुग्यो । तर पनि स्टकमा गिरावटका बाबजुद बजार विश्लेषकहरुले भने फेसबुकमा भएको यो परिवर्तनले कम्पनीलाई भोलिका दिनमा फाइदा नै मिल्नेछ ।

फेसबुकले आफ्नो अधिकांश आम्दानी आफ्नो प्लेटफर्ममा विज्ञापनको माध्यमबाट हासिल हुने गरेको छ । फेसबुकको न्युज फिडमा परिवर्तनबाट उसको न्युज फिडमा विज्ञापन बेच्ने क्षमतामा असर पर्न सक्छ । यिनै आशंकाकाकारण लगानीकर्ताहरु अत्तालिन पुग्दा स्टकमा असर देखिएको हो ।

तर पनि फेसबुकले शुक्रबारै यसबारे एक सफाई वक्तब्य पनि निकालेको छ । कम्पनीले आफना मिडिया पार्टनरलाई ईमेल पठाएर यस परिवर्तनबारेमा विस्तारमा बताइएको छ । फेसबुकले आफ्नो पब्लिसर्ससँग बताए अनुसार आफ्नो अर्ग्यानिक रिचमा गिरावट देखिन सक्छ । तर अर्थपूर्ण पोस्टलाई यस परिवर्तनले कुनै असर पार्ने छैन ।

आरबीसी क्यापिटल मार्केटले आफ्ना सदस्यलाई पठाएको नोटमा भनिएको छ, 'हामीलाई बताए अनुसार नयाँ न्युज फिड धेरै औचित्यपूर्ण छ । जसले युजरलाई अझ व्यस्त बनाउन पनि मद्धद गर्नेछ ।'

प्रकासक : अन्नपुर्ण पोस्ट

No comments:

Post a Comment