Friday, January 19, 2018

ओपोको मूल्य समायोजन



काठमाडौं– ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दुवै भेरियन्ट (३ जिबी तथा ४ जिबी) र ए७१को मूल्य समायोजन गरिएको छ । नयाँ वर्षको कोसेली स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ ।

सेप्टेम्बर २०१६ मा सार्वजनिक गरिएको ओपो एफवानएस नेपालमै कम्पनीको पहिलो फ्ल्यागसिप मोडल हो । डुअल सेल्फी क्यामेरा (एउटा सेल्फी र अर्को सामूहिक सेल्फीका लागि) सहितको एफथ्री मे २०१७ मा सार्वजनिक गरिएको हो । नेपाली स्मार्टफोन बजारमा बेस्ट सेलरमध्ये रहेको दाबी गरिएका दुवै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रवर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्तामाझ लोकप्रिय रहेका कम्पनीको दाबी छ ।

त्यसैगरी, सेप्टेम्बर २०१७ मा सार्वजनिक ए७१ मिडरेन्ज्ड फोन हो । ए७१ युवा र विशेष गरी कलेजमा अध्ययनरत युवा पुस्तामाझ विशेष लोकप्रिय रहेको छ । समायोजनपछि ओपो एफथ्रीको मूल्य ३१ हजार पाँच सय ९० एफवानएस (४ जिबी) २८ हजार नौ सय ९०, एफवानएस (३ जिबी) २७ हजार नौ सय ९० र ए७१को २० हजार चार सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकासक : नागरिक

No comments:

Post a Comment