Friday, January 19, 2018

तपाई के खानुहुन्छ पिसावबाटै थाहा हुन्छ

अब एक नयाँ तरिकाबाट पिसाव
को जाँच गरे पछि तपाई के खानु हुन्छ र त्यो कति स्वस्थ्य थियो भन्ने पत्ता लाग्ने भएको छ।

बेलायती वैज्ञानिकहरुको टोलीले यस्तो युरिन टेस्टको विकास गरेको हो। खानपानमा देखिने उच्च पोषण र कम पोषणको समस्यालाई समाधान गर्न यो विधि सहायकसिद्ध हुने वैज्ञानिकहरुले विश्वास लिएका छन्। कुनै व्याक्तिको वजक कम गर्ने पर्ने हो या होइन भन्ने पनि यसैबाट थाहा हुने छ।

विश्वमा धरै मानिस आफ्नो खानपानको कारणले धेरै समस्यामा पर्ने गर्छन्। यस्तो समस्यामा परेका व्याक्तिहरुलाई पनि यो विधिले मदत गर्ने वैज्ञानिकहरुको विश्वास छ। खानपानमा कस्तो बदलाव ल्याउने भन्नेबारे निर्णय गर्न यसले सहयोग गर्ने गर्ने छ।

प्रकासक : नागरिक

No comments:

Post a Comment